घर जान पाउँ  
राष्ट्रिय/अन्तराष्ट्रिय कानुन तथा 'मानवअधिकारकाे अन्तर्राष्ट्रिय घाेषणापत्र'अनुसार पनि आफ्नाे देश तथा आफ्नाे घर फिर्ता हुन पाउनु मान्छेकाे नैसर्गिक अधिकार हो । गम्भीर प्रकृतिका अपराध गरेकाबाहेक जाेसुकैलाई आफ्नाे देशमा फर्कने अधिकार हुन्छ। र, त्यसमा कसैले पनि रोकतोक गर्न पाउँदैन। तर काेभिड-१९ ले निम्त्याएकाे अहिलेको बिषम परिस्थितीका कारण तथा स्वदेशमा लकडाउनसमेत जारी रहेका कारण प्रवासमा रहेका हामी नेपालीहरू घर जानबाट राेकिएका छाैं।

घर जाउँ भने यातायात सुचारू छैन। यता प्रवासमा ठूलाे दरमा राेजगारी कटाैति हुँदैछ। राेजागारी र नियमित तलब गुमाएका कतिलाई खानबस्नकै समेत समस्या देखिएका छन्। यस्ताे अन्याैलकाे अवस्थाबाट तत्काल हामी निक्लन चाहन्छाैं। असहज हाेला परिस्थिति, आफ्नै घर फर्कन चाहन्छाैं। यस्ताे अवस्थामा नेपाल सरकारले आफ्ना नागरिक फर्काउन पहल गर्नुपर्छ। हामीलाई देश जाने वातावरण बनाइनुपर्छ।

'श्रमिक संजाल'ले प्रवासबाट घर फर्कन चाहने सबै नेपालीकाे यही भावनालाई कदर गर्दै घर फर्कन चाहने नेपालीहरूकाे नाम तथा विवरण संकलन गर्दैछ। तपाईं पनि श्रमिक संजालकाे 'घर जान पाउँ' अभियानमा संलग्न हुन चाहनुहुन्छ भने तलकाे फारम भर्नुहाेला। फारम भर्न गार्‍हाे छैन। एकैछिनमा सकिन्छ। तपाईंले फारम भरेमा घर फर्कने अभियान झनै सजिलाे हुनेछ।
त्यसले सरकारलाई प्रवासी नेपालीलाई घर फर्काउने काममा दबाब दिन सजिलो हुनेछ ।

ढुक्क हुनोस् तपाईँको बिबरण सुरक्षित रहनेछ ।

यश अभियानमा जति धेरै साथीहरूको सहभागिता रहन्छ, उति धेरै छिटो दवाव दिन हामीलाई सहयोग पुग्नेछ। त्यसैले जतिसक्दो धेरै आफ्ना साथिभाइहरूसमक्ष पनि याे लिंक तथा श्रमिक संजालकाे फेसबुक पेज सेयर गर्नु होला ।

'घर जान पाउँ' अभियान को फेसबुक पेज:- www.facebook.com/shramik.sanjal 

घर जान पाउँ ‍अभियान वा फर्कन पाउने अधिकार सम्बन्धि पोजिसन पेपर / स्वेत पत्र:- shorturl.at/nzTXZ

Sign in to Google to save your progress. Learn more
तपाईँको शुभनाम *
तपाईँको ईमेल ठेगाना (थाहा छैन भने यो ठाउँ खाली छोड्दा हुन्छ)
तपाईँको WhatsApp नंम्बर (Country code सहित लेखीदिनु होला)
अहिले कुन देशमा हुनुहुन्छ ? *
नेपालमा कुन जिल्लाबाट हुनुहुन्छ ? *
तपाईँलाई केही भन्नु छ ? मनमा लागेका कुरा लेख्न सक्नुहुन्छ । तपाईँको समस्या हामीले भिडियो मा पढ्ने छौँ यदी नाम सार्बजानिक हुने छैन यदी नाम सार्बजानिक गर्न चहानुहुन्छ भने नाम पनि लेख्नु होला ।
अभियान सन्चालक समिति सदस्यहरु
अभियानलाई समर्थन र सहभागिता जनाउनेहरुको नामावली  
       
       नेपाली आप्रवासी कामदारहरूको संख्या : ७०५  जना  (९  देशमा,  ४६  जिल्लाबाट)

       आप्रवासन सम्बन्धित संघ संस्थाहरु तथा सबै सम्बन्धित सरोकारवालाहरू

Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy